समाचार

हतियार खरिदमा जोडिएका बिचौलियाको भिडियो सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीका लागि आवश्यक रहेको भनिएको हतियार खरिदसँग जोडिएका बिचौलिया दीपक भट्टको भिडियो सार्वजनिक भएको छ।

कान्तिपुर टेलिभिजनबाट बिहीबार प्रसारित भिडियोमा भट्टले हतियार खरिद गराउन नेपाल, भारतदेखि सत्तापक्ष र प्रतिपक्ष सबै मिलाउने भनिरहेका छन् ।

भिडियोमा उनले संसदको सार्वजनिक लेखा समिति र राज्य व्यवस्था समितिले अलिअलि किचकिच गर्ने भएपनि आफूले मिलाउने भनेका छन् ।

प्रहरीलाई ८४ करोड रुपैयाँको हतियार खरिद गर्ने सरकारले तयारी गरेको थियो । इटालीको एक कम्पनीसँग हतियार खरिद गर्ने तयारी गरेको सार्वजनिक भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने तत्काल हतियार खरिद गर्ने योजना नभएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *