समाचार

भूसालकाे प्रष्टीकरण- एमालेको विभागमा सार्वजनिक पदमा भएका व्यक्ति छैनन्

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमालेको अर्थ तथा योजना विभागमा सार्वजनिक पदमा भएका व्यक्ति नरहेको बताएका छन् । 

गर्भनर महाप्रसाद अधिकारी अर्थ तथा योजना विभागमा रहेको भन्दै चर्को विरोध भैरहेको बेला सो विभागका प्रमुखसमेत रहेका भूसालले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हुन् । 

‘गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ ।’ भुसालले भने । 

भुसालकाे फेसबुक स्टाटस-

म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नता बारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ । प्रथमत:, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ ।

दोस्रो, हाम्रा कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *