समाचार

प्रदेश यातायात व्यवस्था निर्देशनालय कायमै राख्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कार्यसम्पादनमै असर गरेपछि प्रदेश-१ सरकारले प्रदेश यातायात व्यवस्था निर्देशनालय कायमै राख्ने भएको छ ।

यसअघि, सरकारले हटाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले निर्देशनालय कायमै राख्ने निर्णय गरेको हो ।

प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय सच्याएको बताइएको छ । यसअघि, प्रदेश यातायात व्यवस्था ऐनको व्यवस्थासँग बाझिने गरी सरकारले निर्देशनालय हटाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *