समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए ।

सांसद रावलले प्रश्न उठाएपछि सभामुखले सदस्य संख्या यकीन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए । ३ मिनेट समय दिएर सांसदको संख्या गणना गर्दा ६३ जनामात्र उपस्थित भएको पाइएको थियो । त्यसपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *