समाचार

हामीसँग २० लाखभन्दा बढी मत छ : नेता खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको दाबी गरे ।

तर त्यो मत गठबन्धनमा अपमान हुँदा प्राप्त गर्न नसकेको आरोप लगाए ।

नेकपा एसद्वारा जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले त्यत्रो मत हुँदाहुँदै पनि पार्टी धेरै ठाउँमा जित्न नसकेको बताए । त्यसको समीक्षा गरिरहेको उनले बताए ।

‘हामीले देशव्यापी रुपमा खुल्ला मनस्थिति लिएर राष्ट्रव्यापी रुपमा उम्मेदवार उठाउन सकेको भए, ऐले अब नौ लाख आयो,’ उनले भने, ‘नौ लाख होइन २० लाखभन्दा बढी मत छ हाम्रो हेर्नुस् ।’

त्यो मत नआउनुका पछाडि केही आफ्ना कमजोरी भए पनि गठबन्धन दलकै अपमानले बढी काम गरेको बताए ।

‘त्यो गठबन्धनले त हामीलाई बिलकुलै अपमान गर्‍यो, त्यो अपमानजनक व्यवहार गरेकै हुनाले हामीले जति मत प्राप्त गर्नुपर्ने थियो, त्यति पनि प्राप्त गर्न सकेनौँ,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *