राजनीति

ओलीकाे गुनासाे- सरकारले सबै कुरा गोप्य राख्यो, प्रतिपक्षसँग संवाद नै छैन

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार संवादहीनताको स्थिति बनेको बताएका छन्। मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उनले सरकारले आन्तरिक तथा बाह्य मामिलाबारे प्रतिपक्षसँग संवाद नगरेको बताएका हुन् ।

‘यो सरकार बनेपछि प्रतिपक्षसँग संवाद नै छैन । ०४६ पछि यस्तो संवादहीनता प्रतिपक्षसँग कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राखियो । प्रतिपक्षीका विरुद्ध जाने कुरा पोलिसटक्समा हुँदैन । संवादहीनताको स्थिति छ ।’ ओलीले भने । उनले सरकार एकलौटी ढंगले अगाडि बढेको आरोपसमेत लगाए ।

ओलीले बाह्य राष्ट्रसँगको सम्बन्धको सञ्चालन राष्ट्रिय हितमा रहेर केन्द्रित हुन्छ भन्ने ठान्नुपर्ने बताए। छिमेक सम्बन्धमा कार्ड खेल्न नहुने बताउँदै यसमा सहजीकरण नगरे फसिनेसमेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *