समाचार

बिजुली तारमा हिँडेका माइला काठमाडौंमा संस्थाको जिम्मामा

काठमाडौं । ककनीको त्रिशूली ‘थ्रि ए’ को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौंमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो । 

 जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौं भने पछि जिम्मा लगाइएको हो । 

ककनी गाउँपालिका-७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी हिँडेका थिए ।  उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको हो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *