राजनीति

स्थानीय तहमा ४४ प्रतिशत जितेको कांग्रेस उपसमितिको रिपोर्ट

काठमाडौं । नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दावी प्रस्तुत गरेको हो ।

‘कुल ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा विजय (१८८ अध्यक्ष र र १४१ प्रमुख) जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउँछ, ’ प्रतिवेदनमा भनिएको छ, ‘कुल ७५२ स्थानमध्ये उपप्रमुख पदमा ३०० स्थानमा विजय (१९० उपाध्यक्ष र ११० उपप्रमुख) जुन कुल स्थानको ४४ प्रतिशत हुन आउँछ ।’

कार्यकारी पदको १५०४ मध्ये ६२९ स्थानमा नेपाली कांग्रेस रहेको र जसको ४२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ ।

[pdfjs-viewer attachment_id=235168 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/06/nepali-kkk.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/06/nepali-kkk.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *