समाचार

कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गर्नेले गरे आत्महत्या

कञ्चनपुर। कञ्चनपुरमा एक ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने व्यक्तिले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–२ का ३४ वर्षीय दिनेश मालीले आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनले छिमेककी ११ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको स्थानीले देखेका थिए । बालिका घाइते भएकी छन् । उनलाई अस्पताल लगिएको छ ।

स्थानीयले देखेपछि माली भागेको र घरभित्र झुन्डिएको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *