स्थानीय तह निर्वाचन-२०७९

कैलालीको लम्कीचुहामा प्रमुख र उपप्रमुख दुबैमा महिला निर्वाचित

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही र नेकपा (एमाले) बाट चौधरी निर्वाचित भएका हुन् । मेयरमा शाही १२ हजार ७१३ मत पाइन् भने उनका प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत पाए ।

त्यस्तै, उपमेयरमा चौधरीले ११ हजार ७८ मत पाइन् भने प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की जानकीकुमारी शाहीले आठ हजार ३०८ मत पाइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *