स्थानीय तह निर्वाचन-२०७९

ओलीको गृह नगर दमकको प्रमुखमा राप्रपाका थापा विजयी

झापा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार गीताकुमारी पौडेललाई ५५९ मत अन्तरले पराजित गरेका हुन् । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिएका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *