स्थानीय तह निर्वाचन-२०७९

‘क्लिन स्वीप’ भएको महोत्तरीमा माओवादीलाई हराउँदै एमालेले खोल्यो खाता

महोत्तरी । २०७४ सालको स्थानीय निर्वाचनमा जिल्लामै ‘क्लिन स्वीप’ भएको नेकपा एमालेले महोत्तरीमा नगरपालिका विजय हासिल गर्दै खाता खोलेको छ ।

नेकपा माओवादी केन्द्रको गढ मानिने रामगोपालपुर नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका राम दुलार साहले १,७६३ मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान मेयर अशोककुमार मण्डललाई पराजित गरेका हुन् ।

साहले ५,३४९ मत प्राप्त गर्दा मण्डलले ३,५८६ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै रिनादेवी यादव विजयी भएकी छन् । उनले ४,२६३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पादेवी कुशवाहालाई ८६० मतको मतान्तरले पराजित गरिन् । कुशवाहाले ३,४०३ मत प्राप्त गरेकी छन् । १५ वटा पालिका रहेको महोत्तरीमा २०७४ को निर्वाचनमा नेकपा एमाले एउटा पालिका समेत जित्न सकेको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *