सम-सामयिक

ललितपुर कोञ्ज्योसोममा एमाले अगाडि

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । 

मतदान अधिकृत देवीकुमारी चौधरीका अनुसार नेकपा एमालेका राेहन लामाले एक हजार पाँच सय ३३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोपिलाल सिङ्तानले नाै सय ७५ मत पाएका छन् । उपमेयरमा पनि नेकपा एमालेकी रनिता तामाङले एक हजार ६४ मत पाएकी छिन् भने गठबन्धनका उपमेयर उम्मेदवार राजनप्रसाद घिमिरेले एक हजार दुई सय एक मत पाएका छन् ।

गाउँपालिकामा मत गणना निरन्तर भइरहेकाे र कुनै समस्या नआएको मतदान अधिकृत चौधरीले बताइन् । उनका अनुसार अहिलेसम्म दुई हजार सात सय २९ मत गणना भएको छ । यस पालिकामा ६ हजार चार सय ८६ मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *