समाचार

जनकपुरधाम उपमहानगरपालिका : स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका  वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गरेका छन् । 

७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन् । साहलाई नेकपा एमालेका शिवशंकर साह हिराले पछ्याइरहेका छन् । हिराले ९५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोज कुमार चौधरीले ४१ मत प्राप्त गरेका छन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *