राजनीति

ओलीले गराए पुण्य गौतमलाई एमाले प्रवेश

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गौतमलाई मङ्गलवार काठमाडौँको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका हुन् ।

ओलीले गौतमलाई एमालेको झन्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् ।

उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सी जिनपिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *