समाचार

स्थापितलाई हरिप्रभा खड्गीको प्रश्न : सरकारी जग्गामा आँखा लगाउन मेयर बन्ने ?

काठमाडौँ। काठमाडौँ महानगरकी उपमेयर हरि प्रभा खड्गीले नयाँ बसपार्क लथालिङ्ग बनाउने कार्य केशव स्थापितले बनाएको आरोप लगाइएकी छन् ।

सरकारी जग्गामा आँखा लगाउन फेरि पनि मेयर बन्ने खोजेको उनले स्थापितलाई आरोप लगाइन् । ४५ वर्ष निजी संस्थालाई दिएर लथालिङ्ग बनाएको खड्गीले बताइन् ।

असनमा आयोजित सभामा उनले भनिन् ‘कंक्रिटको रानीपोखरी बनाउन लागेका थिए । स्विमिङ पुल बनाउन लागेका थिए ।तर मैले कंक्रिटको रानीपोखरी बनाउन दिइनँ ।’

गठबन्धनले बनाएको मेयरको उम्मेदवार सिर्जना सिंहको प्रशंसा गर्दै उनले ३५ वर्षसम्म सङ्गत गर्दा सिंहमा शालीनता उस्तै पाएको बताइन् ।

‘जितेर गएपछि दम्भ देखाउनुहुन्न । काठमाडौँलाई सम्हाल्छु भनेर आउनुभएको छ । साथ दिनुहोला ।’ खड्गीले भनिन् ।

गुठी विरोधी एमालेको स्मरण गर्न उनले सुझाइन् । उनले भनिन्, ‘ काठमाडौँमा गुठी विरोधी विधेयक सम्झिए पुग्छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *