ललितपुर।स्वतन्त्रबाट महालक्ष्मी नगरपालिका वडा नं ३को वडा अध्यक्ष पदका उम्मेदवार निरञ्जन देव थापाको वडामा दवदवा देखिएको छ ।
निर्वाचनकै मुखमा थापाको जित्ने प्रवल संभावना देखिएको हो । समाजसेवी थापाले समाजको विकास र समृद्धिका लागि विगतदेखि नै काम गरेकोले उनी जनताको भरोसाको रुपमा देखा परेका छन ।
वडाको सुशासन कायम गर्न, वडाको बिकाश, भ्रस्टाचार निर्मुल गर्न , खानेपानी , सडक , रोजगार जस्ता विकासप्रेमी काम गर्दै आएका थापा स्वतन्त्रबाट चर्चाको केन्द्रमा छन । थापाको उम्मेदवार लाई जनताले मन पराएको हुदा लोकप्रिय मतले जित्ने उनको दावी छ ।
ठुला भनिएका पार्टीले जनमुखी काम नगरेको भन्दै स्वतन्त्र उम्मेदवार जनताको नजरमा देखा परेका छन ।




