काठमाडाैँ । सत्ता गठबन्धनकाे तर्फबाट काठमाडाैँ महानगरकाे मेयर पदकाे प्रत्याशी बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले आफूले जिते महानगरलाई ‘महान् घर’ बनाउने बताएकी छन् ।
‘महानगरवासीले मलाई जिताउनुस्,’ उनले भनिन्, ‘म महानगरलाई महान् घर बनाउँछु । म मेरा मतदाताले शिर निहुराउनुपर्ने अवस्था बनाउँदिनँ ।’ त्यसका लागि मलाई जिताउनुस् ।’
उनले आफू सबै कुरामा विज्ञ नभए पनि विज्ञहरूसँग परामर्शबाट आफूले काम गर्ने बताइन् ।




