काठमाडौँ ।आसन्न स्थानीय तहको निर्वाचनका लागि महालक्ष्मी नगरपालिका वडा नं ३ का अध्यक्षमा स्वतन्त्र उम्मेद्वार समाजसेवी निरज्जन देब थापाले उम्मेदवार दिनुभएको छ ।
वडाको सुशासन कायम गर्न, वडाको बिकाश, भ्रस्टाचार निर्मुल र सम्पूर्ण वडाबासीको सम्मानको लागि वडा अध्यक्षमा उम्मेदवार दिएको थापाले बताउनुभयो ।
उम्मेदवार बनेसँगै उहाले चुनाव प्रचार–प्रसार एवम् मतदातालाई भेट्ने कार्यक्रमलाई तीब्र बनाउनु भएको छ । आफ्नो वडाका जनताको समस्या समाधानका लागि सदैव हातेमालो गरेर खटिने प्रतिवद्धता पनि थापाले व्यक्त गर्नुभयो ।
समाजसेवी थापाले वडा अध्यक्षमा निर्वाचित भएर आफनो वडालाई योगदान दिन स्वतन्त्र भएको बताउनुभएको छ ।




