राजनीति

काठमाडौं महानगरकी एमाले उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ ।  स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

शैक्षिक योग्यता ढाँटेर काठमाडौं महानगरमा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलबभत्ता लिएको भन्दै डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो। 

समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने र ५ वर्षसम्म मासिक रु ८० हजारका दरले गैह्र कानुनी रुपमा तलबभत्ता प्राप्त गरेको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को कसुरमा सजय गराई रकम तथा जरीवानासमेत असुल गराउन उजुरीमा उल्लेख छ । 

उजुरीपत्रः-

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *