राजनीति

कांग्रेस केन्द्रीय परिचालन समितिको बैठक बस्दै

काठमाडौँ ।नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बुधबार बस्दैछ।

सानेपास्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यलयमा दिउँसो ४ बजे बस्ने तय भएको हो।

बैठकमा सत्तारूढ गठबन्धनको चुनावी तालमेल अनुसार स्थानीय तहमा उम्मेद्वारी परे नपरेकोबारे छलफल गर्ने छ ।

गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार उम्मेदवारी दर्ता नभएका स्थान र पार्टीको तर्फबाट स्वतन्त्र तथा वागी उम्मेदवारी परेका तहहरूमा जिल्लासँग समन्वय गरेर फिर्ता लिने प्रयास गरिने बताएइएको छ ।

बैठकमा निर्वाचनको परिस्थिती र कार्यनीतिबारे छलफल हुने छ । बैठकमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलपछि उत्पन्न परिस्थितिबारे छलफल हुनेछ।

चुनावी तालमेलपछि नेपाली कांग्रेसका जिल्ला तहको नेता कार्यकर्ता सबैभन्दा धेरै रुष्ट र आक्रोशित भएका छन् । रुष्ट कार्यकर्ताको व्यवस्थापनका लागि शीर्ष नेताहरू जिल्लामा खटिने तयारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *