राजनीति

हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ ।हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् ।

पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समितिमा बहुमत जुटाउन बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

केन्द्रीय समितिमा बहुमत पुगेमा विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई कारवाही गरेर जाने स्थिति समेत हुन सक्ने हेमन्तप्रकाश ओलीले बताएका छन् ।

केन्द्रीय समितिबाट तत्काल जुन विधि अपनाउँदा हुन्छ त्यहीँ विधि अपनाएर पार्टीभित्र भएका गलत प्रवृत्ति विरुद्ध भण्डाफोर गरेर जाने ओलीको धारणा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *