काठमाडौं ।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ।
एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको छ । बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ। यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोसपाले लिएको छ।
लोसपाले देशभरका कुल १८० स्थानीय तहमा उम्मेदवारी दिएको छ ।




