समाचार

काभ्रेको बेथानचोकमा गठबन्धनबाट अधिकारी अध्यक्षको उम्मेदवार

काठमाडौं सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका युवा नेता भगवान् अधिकारी काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका छन्। जिल्ला समितिको बैठकले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

अधिकारीले आजै उम्मेदवारी दर्ता गर्नेछन्। पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय थिए। उनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्ष समेत हुन्।
काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा काँग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुईवटा पालिकामा एकीकृत समाजवादीले प्रमुख पद पाउनेगरी गठबन्धनमा सहमति भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *