विराटनगर । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले विराटनगर महानगरपालिकामा उपमेयरमा पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।
अमरेन्द्र जसपा विराटनगर महानगरपालिका समितिका अध्यक्ष पनि हुन् ।
गठबन्धनबाट विराटनगर महानगरको मेयर काँग्रेसले र उपमेयर जसपाले पाएको थियो । काँग्रेसले मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ ।




