राजनीति

मन्त्री आलेको स्पष्टीकरणविरुद्धको रिटमा न्यायाधीश चुडालको इजलासमा

काठमाडौं । अनाधिकृत रूपमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।


रिटको पेसी न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ । 

पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री प्रेमबहादुर आलेलाई विपक्षी बनाएका छन् । 

उनले रिटमार्फत अनाधिकृत व्यक्ति र निकायबाट स्पष्टीकरण सोध्न नमिल्ने र त्यसलाई बदर गर्न माग गरेको न्युज कारखानालाई बताए । 

मन्त्री आलेले वायुसेवा निगमको बैठकमा नगई असहयोग गरेको लगायत विषयमा स्पष्टीकरण सोधेका थिए । 

हाल पौडेल मन्त्रालयमा तानिएका छन् । यसपछि उनी १० चैतमा सर्वोच्च अदालत पुगेका हुन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *