राजनीति

चैत मसान्तसम्म उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ ।

दुई दिनदेखि काठमाडौंमा जारी केन्द्रीय कमिटीले बैशाख ३० मा हुने स्थानीय चुनावका लागि ढिलोमा चैत मशान्तसम्मको समयसीमा तोकेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

दुई दिने पोलिटब्यूरो बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख रिजालले स्थानीय कमिटीले गर्नुपर्ने सिफारिसको समयसीमा चैत मसान्तसम्म तोकिएको बताए ।

उनका अनुसार २२ वटा विभागको सचिव नियुक्त गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । यसअघि विभागका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोके पनि सचिव पद रिक्त रहेको थियो ।

एमालेले ६ महानगर र ११ उपमहानगरको उम्मेदवार केन्द्रीय कमिटीले छनोटको मापदण्डसमेत पारित गरेको छ । त्यस्तै नगरपालिका र गाउँपालिकाको उम्मेदवार प्रदेश कमिटी र वडाध्यक्ष र सदस्य जिल्ला कमिटीले छनोट गर्ने निर्णय गरेको थियो ।

स्थानीय कमिटीले उम्मेद्‌वार सिफारिस गरेर माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । सोही आधारमा माथिल्लो कमिटीले उम्मेद्‌वारको छनोट गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *