काठमाडौं । लामो समयपछि धुन्चो पाखा–हरहर महादेबमा पक्की पुल बन्ने पक्काजस्तै भएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्री कृष्णलाल भडेल पुल निर्माणका लागि आफै खटिएका छन् । उनी पुल निर्माण स्थलमा मातहत मन्त्रालयका सचिव सँगसँगै म्याटिरियल टेस्ट प्रा.लि. का प्रबन्ध निर्देशक रामेश्वर गिरीलाई चैत्र मसान्त भित्र डिपिआर तयार गरी ठेक्का प्रकृयामा लैजान निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दुर्लभ थापाको बिशेष सहभागिता रहेको उक्त निरीक्षण कार्यक्रममा रबिन्द्र प्रधान, राम काशुला, दिनेश घजुलगायत सरोकारवाला स्थानीय व्यक्तिहरुको बाक्लो सहभागिता थियो । पुल निर्माणमा नेपाली कांग्रेस भक्तपुर एक नम्बर क्षेत्रीय सभापति जीवन खत्रीको संयोजन सह्रानीय रहेको मन्त्री भडेलका प्रमुख स्वकीय सचिव समुन्द्र थापाले जानकारी दिए ।






