समाचार

नेपाल-भारत सीमानाका चार दिन बन्द हुने

बैतडी।नेपाल–भारत सीमानाका चार दिनका लागि बन्द हुने भएका छन्।

भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४ (फागुन २ गते) हुने विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमानाका बन्द गरिने भएका हुन्। निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका चार दिनका लागि बन्द हुने भएका हुन्।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका माघ २८ गते बेलुकी ५ बजेदेखि फागुन ३ गतेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

यस्तै दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाकाहरू पनि माघ २८ गतेदेखि फागुन २ गतेसम्म बन्द हुने दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिको आधारमा नाकाहरू बन्द गरिने भएका हुन्। सीमा बन्द रहेको अवधिमा आकस्मिकरुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *