जलश्रोत/उर्जा

डोल्पा सदरमुकाम विद्युत् विहिन

जाजरकोट।सोमबारदेखि डोल्पाको सदरमुकामलगायत आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत आयोजनाको मेसिनमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

मेसिनमा खराबी आउनेबित्तिकै नेपालगन्ज मर्मतको लागि पठाएको भए पनि त्यहाँ पनि मर्मत हुन नसकेपछि बुटवल पठाएको आयोजनाका जुनियर हेल्पर मुस्कान रावलले जानकारी दिए ।

हिउँद याममा आलोपालो तरिकाले विद्युत् सेवा दिँदै आएको डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध हुँदा समस्य परेको स्थानीयले गुनासाे गरेका छन् ।

राष्ट्रिय प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युत् बन्द हुनेबित्तिकै सबै सेवा बन्द हुने गर्दछ । ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको विद्युत् अब तीन हप्तापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ । जैरीगाड जलविद्युतबाट एक हजार २५० घरधुरीले विद्युत् सेवा लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *