राजनीति

काँग्रेस बागलुङ सभापतिमा जीत शेरचन विजयी

काठमाडौँ । नेपाली काँग्रेस बागलुङ सभापतिमा जीत शेरचन निर्वाचित भएका छन्।

आठ सय ७३ मत ल्याएर शेरचन सभापति निर्वाचित भएका छन्।

सभापतिका अर्का उम्मेदवार जगदीशचन्द्र उपाध्यायले सात सय ६८ मत मात्रै ल्याएका थिए।

सभापतिमा जितेका शेरचना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्। उपाध्याय भने वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।

बागलुङमा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा मतदान भएको थियो।

सभापतिका अर्का उम्मेदवार द्रोर्ण कुँवरले उपाध्यायलाई सघाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *