राजनीति

आज एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडाैं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ ।

बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्न सचिव तामाङले जानकारी दिए । एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *