काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरेका छन्।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढ्न सके १० वर्षभित्रमा दक्षिण एशीयामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दावीसमेत गरे। उनले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यकतासमेत औंल्याए।
विज्ञापन दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले समाजका अरु क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियान जुटन विज्ञापन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाहरुलाई सचेत गराए।
मन्त्री कार्कीले विज्ञापन सम्बन्धि आचारसंहिताको प्रस्तावित मस्यौदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सरोकारवाला सबै निकायलाई आह्वान गरे।




