काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।
प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागवण्डा मागेको समाचार आइरहँदा गैरसांसद उहाँका जेठान हमाललाई मन्त्री बनाउन लागिएको हो । प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पठाएको सूचीमा हमालको पनि नाम समावेश गरिएको स्रोतले बताएको छ ।




