समाचार

शीतल निवासबाट फर्किए प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन् ।

शुक्रबार मध्याह्न शीतल निवास पुगेका प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच एक घण्टाभन्दा बढी छलफल भएको थियो । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।

बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *