मुख्य समाचार

चाडपर्वका बेला हुने कालोबजारी नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले चाडबाडमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

मन्त्री खाँणले आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन र कालोबजारी, म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्रीवितरण हुनसक्ने तर्फ ध्यान दिन निर्देशन दिएका हुन् ।

‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ’, मन्त्री खाँडले मातहतका अधिकारीलाई निर्देशन दिँदै भने,‘म्याद गुज्रेका औषधि र खाद्य सामग्री बिक्रीवितरण गरेको पाइएमा हामी कानूनअनुरुरूप अगाडि बढ्नुपर्छ, त्यस विषयमा ध्यान दिनुहोला।’

गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध जरुरी रहेको बताए । अनुमगन गर्ने र दोषी देखिए कारबाही गर्ने उनको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *