समाचार

मन्त्री छान्न माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

सो बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *