काठमाडौँ । अफगानिस्तानको काबुलबाट १२७ जना नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकालले उद्धार गरेर कतारको दोहा पुर्याएका उनीहरु चार्टर विमानबाट मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा कार्यरत ३८५ नेपालीलाई अमेरिकाले उद्धार गरी कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।




