शिक्षा / स्वास्थ्य

नारायणी अस्पतालमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा छापा मारेको छ।

अस्पतालको औषधि पसलमा व्यापक अनियमितता भएको भनी उजुरी परेपछि सोमबार अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले छापा मारेको हो।

टोलीले अहिले पसलमा औषधि खरिदलगायतका कागजातहरु नियन्त्रणमा लिएर जाँचबुझ गरिरहेको अधिकृतले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *