काठमाडौं । नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द भएको छ । परीक्षा अगावै प्रश्न–पत्र बाहिरिएको पुष्टि भएपछि संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानु अघि लिइने प्रारम्भिक छनौट परीक्षा रद्द भएको हो ।
‘विशेष कारणले’ परीक्षा रद्द भएको भन्दै प्रहरी प्रधान कार्यालयले मातहतका युनिटमा पत्रचार गरेको छ । परीक्षाको मिति तय भएपश्चात जानकारी गराइने र सहभागी हुनेलाई तयारी अवस्थामा राख्न पत्रकाक भनिएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वको छानविन समितिले प्रश्न–पत्र बाहिरिएको पुष्टि गर्दै तीन प्रहरीलाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । लगत्तै परीक्षा पनि रद्द गरिएको हो ।




