काठमाडौं । मनसुन सुरु भएसँगै बाढीपहिरोले नेपालमा कति क्षति पुग्यो भन्ने तथ्यांक राज्यसँग नहोला तर त्यसको लेखाजोखा नेपाली कांग्रेसको बाढीपहिरो विपत व्यवस्थापन समन्वय समितिले राखेको छ । यस अवधिमा कति धनजनको क्षति भयो भन्ने सम्पूर्ण विवरण उक्त समितिले भोलि बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहनवहादुर बस्नेत बाढी पहिरो विपद व्यवस्थापन समन्वय समितिका संयोजक हुन् । नेपाली कांग्रेसद्वारा गठित “बाढी पहिरो विपत व्यवस्थापन समन्वय समिति” ले बाढी पहिरोबाट भएको धन जनको क्षतिका बारे र नियन्त्रणका लागि अपनाउने रणनीतिका बारेमा पत्रकार सम्मेलनमा जानकारी गराइने छ । पत्रकार सम्मेलन पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे आयोजना गरिएको छ ।




