समाचार

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै, नेपालमा कस्तो असर गर्ला ?

काठमाडौं । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । उत्तर अमेरिका, मंगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युरोप र एसिया प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

नेपालमा सूर्यग्रहण नदेखिने भएकाले यसलाई बार्नु नपर्ने समितिले जनाएको छ । जेठ महिनाको औंशीमा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो ।

नेपाली समय अनुसार सूर्यग्रहण दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने छ । ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउदा कुण्डलाकार सूर्यग्रहण लाग्ने गर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *