समाचार

२४ घन्टामा ३३२ कोरोना संक्रमित थपिए

नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३३२ मा कोरोना संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ।

पछिल्लो २४ घन्टामा ७९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ।

त्यस्तै २ हजार ४ सय ५४ जना आइसोलेसनमा र ७७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख २ हजार १ सय ७३ पीसीआर परीक्षण भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *