समाचार

राष्ट्रपति भण्डारीले आज कोभिडविरुद्धको खोप लगाउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने भएकी छन् ।

त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा दिउँसो ४ बजे उनले खोप लगाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री केपी ओलीले फागुन २३ गते त्रिवि शिक्षण अस्पतालमै कोरोनाविरुद्धको खोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले खोप लगाउँदै ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने अभियान सुरु गरिएको थियो । हिमाली जिल्लामा भने ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप वितरण भइरहेको छ ।

नेपालमा दोस्रो डोजको खोप भने अभाव हुने भएको छ । अपेक्षाअनुसार र गरिएको प्रतिबद्धताअनुसार विदेशबाट खोप नआएपछि दोस्रो चरणको खोप प्रभावित बन्ने भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *