काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतिको बागडोर जो बाइडेनले सम्हालेका छन् । बुधबार राति स्थानीय समयअनुसार बाइडेनले सपथ लिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधार्ई दिएका छन्।
बधाई सन्देश दिँदै भण्डारीले बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन्।
उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना गर्दै कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसैगरी प्रधानमन्त्री ओलीले बुधबार राति नै ट्वीटमार्फत् बाइडेनलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।




