समाचार

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण जनवरी १४ मा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । मन्त्री ज्ञवालीे नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन नयाँदिल्ली जान लागेका हुन् । संसद विघटनपश्चात् राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिइएको थियो । जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने छन् ।

राजनीतिक अस्थिरता र सीमा विवाद कायम रहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई भारतीय मिडियाहरुले समेत विशेष चासोका साथ हेरेका छन् । बैठकको मितिका बारेमा औपचारिक घोषणा हुन भने बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *