समाचार

नेपाली सेफ सन्तोष साह मास्टरसेफ युकेको उपविजेता

काठमाडौं । नेपाली सेफ सन्तोष साह मास्टरसेफ युकेको उत्कृष्ट तीनमै सीमित भएका छन्। उनले अन्तिम स्पर्धामा भने आफूले सोचेजस्तो पकवान पस्किन नसकेको बताएका छन्।

नेपालको सिरहाका उनले बिबिसीसँग भनेका छन्, ‘ट्रफी प्राप्त गर्नु मात्रै विजयी हुनु होइन। मैले नेपाली र निर्णायकको मन जितेको छु।’

यस वर्षकोको मास्टरसेफको उपाधि एलेक्स वेबले जितेका छन्। उत्कृष्ट तीनमा चित्त बुझाउन सफल सन्तोषले उपाधि नजितेपछि नेपालीहरुको मन जितेकोमा खुशी रहेको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *