सम-सामयिक

काभ्रेमा सङक्रमितको संख्या ९५८ पुग्यो

काभ्रे। काभ्रेपलाञ्चोक जिल्लामा कोरोना सङक्रमितको संख्या ९५८ पुगेको छ । आज (शनिवार) १८ जनामा सङक्रमण पुष्टि भएसँगै सङक्रमितको संख्या नौ सय ५८ पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाका अनुसार शनिवार धुलिखेल नगरपालिकाका सात पुरुष र तीन महिला गरी १० जना, पनौती नगरपालिकामा दुई पुरुष र एक महिला गरी तीन जना, मण्डनदेउपुर नगरपालिकामा एक पुरुष र एक महिला गरी दुई जना र बनेपा नगरपालिकामा तीन महिलामा सङक्रमण पुष्टि भएको छ ।

शनिवार सम्म ५८५ जना कोरोना निको भएर घर फर्किएका छन । जिल्लामा ३६५ जना सक्रिय सङक्रमित रहेका छन । जसमा ११० जना अस्पतालमा र २५५ जना होम आइसोलेसनमा उपचाररत रहेका छन । काभ्रेमा कोरोनाका कारण आठ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *