संखुवासभा। चैनपुर नगरपालिका वडा नं. ६ को करङ्गे बस्दै आएको ३ परिवारले विषादी जंगली च्याउ खादा १ दर्जन मानिस सक्त विरामी भएका छन । स्थानीय जनप्रतिनिधिको सक्रियतामा विरामीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचारका लागि भर्ना गरिएको छ ।
जंगली च्याउ खाएर घाइते हुनेहरुमा चैनपुर नगरपालिका वडा नं. ६ का वर्ष ४३ का धनकुमार लिम्बू, यसै गरी सोही टोलकी ४५ वर्षिय राजकुमारी लिम्बू, वर्ष ६ का शिवराम लिम्बू, वर्ष ११ की विपना लिम्बू, वर्ष १५ की आशा लिम्बू, वर्ष १६ आइतराम लिम्बू, वर्ष ४० विष्णुकुमारी लिम्बू, वर्ष ७ का लादिहाङ लिम्बू, सोही वडाका वर्ष २२ का सविन श्रेष्ठ, वर्ष २० की कुसुम श्रेष्ठ, वर्ष १४ का स्याङ्बु शेर्पा सहित १ दर्जन गाउँलेहरु हिजो दिउँसो नजिकैको जंगलमा उम्रिएको च्याउ टिपेर खाने क्रममा सक्त घाइते भएका थिए ।
चैनपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नेत्रबहादुर डाँगीले करङ्गे स्थित विरामी टोलमै पुगेर लेण्ड रोभर गाडीमा राखेर तत्काल उपचारको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरेका हुन । उनीहरुको उपचारमा मेडिकल अधिकृत डा. विनोद बेकोजु र डा. थोराङ भोटिया खटिएका छन । जंगली च्याउ खाँदा कलेजो किड्नीमा समेत समस्या हुने हुँदा आवश्यका उपचारको लागि आफूहरु सचेत रहेको डा. भोटियाले जानकारी दिए ।




