मनोरञ्जन

‘तिमी छौ र पो म छु‘’ सार्वजनिक

काठमाडौं । मेघ पौडेलको स्वरमा रहेको गीत ‘तिमी छौ र पो म छु‘’ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका मेघको नयाँ गीत एस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मेघलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् ।

योगेश काजीको शब्द, सङ्गीत र एरेञ्ज रहेको गीतको भिडियोलाई नेत्र गुरुङले निर्देशन गरेका छन् । गीतको भिडियोमा योगेश काजी र वेनिशा हमाललाई फिचरिङ गरिएको छ । कश गुरुङको छायाँकन रहेको भिडियोमा नेत्र गुरुङको सम्पादन रहेको छ ।

यसअघि एल्बम ‘जर्नी’ स्रोतारदर्शकमाझ ल्याएका मेघले प्रेम दिवसको अवसरमा सार्वजनिक गरिएको गीत ‘तिमी छौ र पो म छु‘’ले सबैको माया पाउनेमा आशावादी रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *